काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । आज अहिले साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारे आवश्यक निर्णय गर्नेछ।
यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताए ।
शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिन लाग्न बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएको हो ।
रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।
यस प्रति तपाइको धारणा के छ ?