पोखरा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यारत प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतको सरुवा भएको छ । नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक संगै उनको पनि सरुवा भएको हो ।
उनको सरुवा कभ्रेपलाञ्चोकमा रहेको प्रदेश अपराध अनुसन्धान शाखामा सरुवा भएको छ । बस्नेतको ठाउँ स्याङ्जामा कभ्रेपलाञ्चोकको प्रदेश अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी उपरीक्षक सञ्जय बहादुर राउत आउनेछन् ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको निर्णयमा एसपीहरूको सरुवा भएको हो । नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षकको आजको निर्णयानुसार प्रहरी उपरीक्षकहरूलाई सरुवा गरिएको जनाएको छ ।
यस प्रति तपाइको धारणा के छ ?