काठमाडौं ।
जेल जीवन कटाइरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमले जेलभित्रबाटै बिचौलिया शासन चलाएको आरोप लागेको छ ।
दर्जनौँ मानिसलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका आलमले जेलभित्र बिचौलियामार्फत लुटतन्त्र मच्चाएको भन्दै कारबाहीको माग भएको छ ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै रौतहट २ बाट निर्वाचित सांसद किरण कुमार साहले जेलमा बिचौलियाहरूको प्रवेश र जेलबाटै हुने आपराधिक गतिविधिहरू नियन्त्रण हुनुपर्ने बताए ।
सांसद साहले अफताब आलमले रौतहट कारागारभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप लगाए ।
यस प्रति तपाइको धारणा के छ ?