पोखरा ।
सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीले आफूहरलाई पनि राज्यले बृद्धभत्ताको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सोमबार पोखरामा भएको सेवा निवृत्त राष्ट्रसेवकहरुको भेलाले यस्तो माग गरेको हो ।
सेवा निबृत्त शिक्षक, कर्मचारी, सेना, प्रहरी र प्राध्यापकहरुको भेलाले सरकारले बृद्धबृद्धालाई सम्मान गर्ने सम्मानबाट आफूहरुलाई बञ्चित नगर्न सरकारसंग माग समेत गरेको छ । अगुवा निबृत्त शिक्षक ध्रुवराज अधिकारीको पहल र प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बृद्धभत्ता नेपाली निबृत्तले पनि पाउनुपर्ने मागलाई जोडदार रुपमा उठाउन प्रदेश स्तरीय समिति समेत गठन गरेको छ ।
समितिको संयोजकमा ध्रुवराज अधिकारी, सह-संयोजकमा भक्तराज सुवेदी, सचिवमा खडानन्द लामिछाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रामप्रसाद सुवेदी, मिनकला क्षेत्री, चेतन शर्मा र रमाकान्त पौडेल चायन भएका छन् ।
भारत र बेलायत लगायत विभिन्न मुलुकमा कार्यरत निबृत्तले बृद्धभत्ता पाउने तर नेपालीले नपाउँदा निबृत्तहरुले अपमानित महसुस गरेको संयोजक अधिकारीले बताए । ‘भारतीय, बेलायती लगायत देशमा सेवा निबृत्त भएका नेपालीले बृद्धभत्ता पाउनुहुन्छ । नेपाल निबृत्तले नपाउँदा अपमानित महशुस भएको छ । समान सुविधा र सम्मानका लागि संघर्ष नै गर्नुपर्ने देखियो’ उनले भने ।
भेलामा गण्डकीका विभिन्न ४५ जना अगुवा सेवा निवृत्त राष्ट्रसेवकहरुको सहभागिता रहेको थियो ।
यस प्रति तपाइको धारणा के छ ?