पोखरा ।
पोखरामा हिजो आइतबार आगोले जलेकी पोखरा महानगरपालिका—१३ काँहुखोलाकी संगीता सापकोटाको उपचारको क्रममा ज्यान गएको छ ।
आफ्नो घरमा भाडामा बस्ने ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नो शरीरमा पेट्रोल छर्केर आफैमाथि आगो लगाएपछि बचाउन गएकी संगीता घाईते भएकी थिइन् ।
सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक सुभाष तिमिल्सिनाले बताए ।
घाइते कृष्णबहादुरको भने उपचार भइरहेको भनाइ छ ।कृष्णाले संगीताको घरमा स्टेसनरी पसल सञ्चालन गर्छन् । संगीताको शरीरको ८५ प्रतिशत भागमा आगोले जलेको उपचारमा खटिएका डक्टरले बताएका थिए । भने कृष्णको शरीरको २५ प्रतिशत भाग जलेको बताइएको छ ।
यस प्रति तपाइको धारणा के छ ?