पोखरा ।
पोखरामा आज आइतबार विहान जलेका दुई मध्ये महिलाको अवस्था गम्भीर रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । पुरुषको अवस्था भने सुधारोन्मुख रहेको बताइएको छ ।
पोखरा महानगरपालिका(१३ काँहुखोलाका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले आफुमाथि पेट्रोल छर्केर आगो लगाएकोमा उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटाले बचाउने क्रममा उनी पनि जलेकी हुन् । उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
संगीताको ८५ प्रतिशत जलेकाले उनको अवस्था चिन्ताजनक रहेको महिला अस्पतालका निर्देशक भरत खत्रीले बताए । उनको इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ । खत्रीको अनुसार कृष्णबहादुरको २५ प्रतिशतमात्र जलेको छ । उनको अहिले इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।
कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए ।कृष्ण बहादुरले हिजो (शनिबार) बाइकमा प्रट्रोल सकियो भनेर साथीसँग एउटा बोटलमा पेट्रोल लिएको र आज बिहान प्रट्रोलको बोटल लिएर बाथरुममा गई शरीरमा छर्किएर आगो लगाएको भन्ने जानकारी आफुहरुले पाएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।
घरबेटी महिलाले देखेर बोटल खोस्दा उनको ज्यानमा पनि पेट्रोल परेको र उनलाई पनि आगो भन्ने कुरा सुन्नमा आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यस प्रति तपाइको धारणा के छ ?