पोखरा ।
पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । आज पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा जित निकालेसगै फाइनल समिकिरण पुरा भएको हो ।
भोलि हुने पुरुष तर्फको सेमिफाइनलमा खेलमा अपराजित रहेको एपिएएफ क्लब र नेपाल पुलिस क्लब र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
महिला तर्फ भने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार महिला तर्फको तेस्रो स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबको बीचमा प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ ।
यस प्रति तपाइको धारणा के छ ?