Old Website
२०७९ चैत्र १२, आइतवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

केन्द्र खबर केन्द्र खबर
शिक्षा, समाचार
२०७९ माघ १२ १८:१८
प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
ShareTweetPin

पोखरा ।
पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था.संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका छन् ।

कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय सरकारको हैसियतले दक्षताका आधारमा ती जनशक्तिहरूको व्यवस्थापन गर्दै जाने बताउनुभयो । प्राविधिक शिक्षा हासिल गरेका कुनै पनि विद्यार्थीहरू बेरोजगार हुन नपर्ने बताउँदै उनले व्यवसाय गर्न चाहनेहरूका लागि स्टार्ट अप अनुदान उपलब्ध गराउने लगायतका कार्यक्रमहरू महानगरपालिकाले गरिरहेको जनाए ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने कुरा नकार्न सकिने अवस्था छैन, त्यस कारण पोखरामा हामीलाई कति जनशक्ति चाहिने हो भनेर अहिले सर्वे गरिरहेका छौँ, प्रमुख आचार्यले भने, महानगरले बेरोजगारहरूको डाटा सङ्कलनका लागि आह्वान गरिरहेको छ, केही वडाहरूमा विभिन्न प्राविधिक पोस्टका लागि आवेदन माग गरेको छ, तर निवेदनहरू एकदमै कम परिरहेको छ ।’ प्राविधिक शिक्षाको महत्त्व बुझाउन आवश्यक रहेको बताउँदै उनले ज्ञान एका तिर काम अर्को तिर हुने अवस्थाको अन्त्य जरुरी रहेको समेत बताए। यसका लागि राइट मेन राइट प्लेसको अवधारणामा काम गर्ने तयारी महानगर रहेको प्रमुख आचार्यले बताए ।

प्राविधिक शिक्षा तथा व्यासायीक तालिम परिषद् (सिटिइभिटि) गण्डकी प्रदेशका निर्देशक प्रमोद भक्त आचार्यले प्राविधिक शिक्षाको महत्त्व सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिष्कृत ज्ञानको हासिल भएको उल्लेख गरे । ‘हाम्रो प्राविधिक शिक्षाको महत्त्व के हो भने, काम गर्दै अलिकति आयआर्जन गर्दै आफ्नो करिअरलाई अगाडी बढाउँदै लैजाने हो, निर्देशक आचार्यले भने, आफ्नो ज्ञानको स्तरलाई बढाउँदै लैजानुहोस्, प्राविधिक शिक्षा समयको वेगसँगै यसको महत्त्व बढिरहेको छ ।’

गण्डकी बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सीनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीति मै सुधारको आवश्यकता रहेको बताए । राष्ट्रिय शिक्षा प्रारूपमा यसको ढाँचा स्वीकृत भैसकेको जनाउँदै उनले अबको केही वर्षमा प्राविधिक शिक्षामा नीतिगत एकरूपता आउने बताए । प्राविधिक शिक्षा अध्यापन गराइरहेका विद्यालयका प्राध्यानाध्यापकहरुले प्राविधिक शिक्षाको सुधारमा सरकारले अझ बढी समन्वय गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययन गरेको भए पनि विभिन्न वाहानामा आफूहरू विभेदपूर्ण व्यवहार भइरहेको गुनासो गरे । कयौँ समयसम्म इन्टर्नसिपका नाममा पारिश्रमिक नदिई काममा लगाउने, दिए पनि असाध्यै कम पारिश्रमिक बापत दिने, आफूहरूको क्षमता अनुसारको काम नपाउने लगायतका समस्याहरू आफूहरूले झेल्नु परेको सुनाए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

बस पल्टिदाँ ८ यात्रु घाइते

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.