Old Website
२०७९ चैत्र १८, शनिबार
April 1, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ माघ १२ ०९:५७
गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा
ShareTweetPin

काठमाडौं ।

भारतबाट गहुँ आयात नहुँदा नेपालका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा मैदा र आँटा नपाउने र पाएपनि शतप्रतिशत भन्दा बढी मूल्य बृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन् । विशेष गरी विस्कुट, कुकिज, चाउचाउ उत्पादन गर्ने उद्योगहरु र मैदा तथा आँटा खपत गर्ने तन्दुरी, होटल र रेष्टुरेन्ट व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् ।

भारतले ५० हजार मेट्रिकटन गहुँ नेपाल निर्यात गर्न दिने निर्णय गरेको थियो । नेपालले ३० हजार मेट्रिकटन गहुँ मात्रै आयात गर्न दिने निर्णय गरेको छ । ३० हजार मेट्रिकटन गहुँ पनि नेपालका मैदा उद्योगले मात्रै आयात गर्न पाउनेछन् । भारतबाट गहुँ आयात सहज नहुँदा बजारमा गहुँ र मैदाजन्य पदार्थको चरम अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल विस्कुट उत्पादक संघका अध्यक्ष ओमनाथ महर्जनले मैदाको अभावले अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । ‘अधिकांश उद्योग बन्द हुने अवस्थामा पुगिसकेका छन् । चलेका उद्योगले पनि उत्पादन समय घटाइरहेका छन्,’ उनले भने, ‘अब सरकारले छिट्टै गहुँ उत्पादन सहज बनाउन आवश्यक छ ।’ मैदा अभाव भइरहँदा अब छिट्टै विस्कुट उद्योगहरु बन्द हुने उनले बताए ।

भारतबाट सहज रुपमा गहुँ आयातको वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने व्यवसायीहरुको माग छ । नेपाल विस्कुट उत्पादक संघका अध्यक्ष ओमनाथ महर्जनसँगै नेपाल चाउचाउ उत्पादक संघका अमित राठी, कुकिज उत्पादक संघका पशुपती भुसाल, तन्दुरी व्यवसायी संघका खिमानन्द बस्याल लगायतले गहुँ आयातलाई सहज बनाउन सामुहिक आग्रह गरेका छन् ।

गहुँसँग निर्भर रहेका उद्योगहरु बन्द हुँदा लाखाँैको रोजागारी गुम्ने अवस्था सिर्जना हुने बताउँदै व्यवसायीहरुले राज्यले त्यसतर्फ चासो दिनुपर्ने माग गरेका छन् । उद्योगहरु बन्दा हुँदा रोजगारी गुम्नेसँगै राज्यको राजश्वमा पनि भारी गिरावट आउने विस्कुट उत्पादक संघका महासचिव विक्रम कर्माचार्यले बताए ।

‘मैदा अभावले विस्कुट, कुकिज, चाउचाउ उद्योगसँगै आम उपभोक्ताहरु मर्कामा परेका छन्,’ उनले भने, ‘मैदा आयात सहज बनाउनुको विकल्प छैन ।’ गहुँ तथा मैदा आयात सहज नहुँदा मूल्य बृद्धि आकाशिएको त्यसको प्रत्यक्ष मारमा आम उपभोक्ता परिरहेको व्यवसायीहरुले बताएका छन् ।

‘मैदाको रोटी खाने मानिसहरुले त्यसको विकल्पमा चामल प्रयोग गर्नुपर्ने दिन आउँदैछ । आगामी दिनमा चामलको मूल्य पनि बढ्नेछ । त्यसैले सरकारले समयमा नै यस विषयमा चासो दिन आवश्यक छ,’ कुकिज उत्पादक संघका पशुपती भुसालले भने ।
नेपालमा करिब १८ वटा विस्कुट उद्योग, ३० वटा कुकिज उद्योग र ९ वटा चाउचाउ उद्योग छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

यस संग सम्बन्धित

हुम्ला अस्पतालमा औषधि अभाव

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

एका बिहानै ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

गण्डकीमा एक सय २५ संक्रमित थपिए, पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु

बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

सर्वाधिक पढिएका

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.