प्रचण्डले बन्द गरे प्रत्यक्ष भेटघाट !

केन्द्रभाग मिडिया

काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।

आज बिहीबार एक सूचना जारी गर्दै दाहालको स्वकीय सचिवालयले दाहालसँगको प्रत्यक्ष भेटघाट केही दिनका लागि बन्द गरिएको जानकारी दिएको छ।

अब पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्ने जनाइएको छ। दाहालको स्वकीय सचिवालयमा एकजनालाई कोभिड संक्रमण देखिएकाले तीन दिनदेखि प्रत्यक्ष भेटघाट र संवाद बन्द रहेको बताइएको छ ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ।

हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं ’ जारी सूचनामा भनिएको छ ।

केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ प्रचण्डको स्वकीय सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

  • २२ पुष २०७८, बिहीबार १५:०९ प्रकाशित