नारायणहिटी प्रकरण: छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नारायणहिटी संग्रहालयभित्र बन्न लागेको रेष्टुरेन्टमा रोक लगाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले छानबिन समिति गठन गरेका छन् ।

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि समिति गठन गरेका गरिएको बताइएको छ।

मन्त्रीस्तरीय निर्णयबाट उनले विहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले बताए ।

  • २२ पुष २०७८, बिहीबार १४:०८ प्रकाशित