एमाले कास्की अध्यक्षमा यी ४ आंकाक्षी !

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकांक्षी देखिएका छन् । एमालेको यही पुस २३ गते अर्थात भोलि हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना दाबेदार देखिएका हुन ।

आकांक्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।

गुरुङले हिजो पोखरामा भएको पत्रकार सम्मेलनमा सर्वसहमतीबाट नेतृत्व छानिने बताएका छन् । उनले आफु स्वभाविक अध्यक्षको दाबेदार रहेको पनि बताए ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष मनबहादुर गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।

छोटो समय जिल्ला पार्टीको नेतृत्व गरेका गुरुङले आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचन लड्ने बताउँदै कार्यकर्ता सँग मत मागिसकेका छन् । पार्टीको जिल्ला सचिव र सुकुम्वासी आयोग कास्कीका अध्यक्ष समेत भएका दामोदर बैरागीले पनि नेता र कार्यकर्तासँग आफूलाई अध्यक्षमा बताउने बताउँदै मत मागेका छन् ।

एमाले कास्कीमा १७ हजार ७ सय ३७ पार्टी सदस्य छन् ।

  • २२ पुष २०७८, बिहीबार १२:४० प्रकाशित