खगराज अधिकारीको आरोप,‘सभामुख सत्ता र प्रचण्डमुख मात्र भए’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले सभामुख अग्निप्रसाद सापकोटा सत्तामुख र प्रचण्डमुख मात्र भएको आरोप लगाएका छन् ।

एक अन्तरवार्तामा कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफुहरुले संसद सञ्चालनमा चासोे राखे पनि सभामुखले वास्ता नगरेको उनी सत्ता उन्मुख बनेको बताए । नेकपा एमालले लामो समयदेखि संसदमा अवरोध गर्दै आइरहेको छ ।

आज बस्ने भनिएको संसद बैठक फेरि स्थगित गरेर एक साता पर सारिएको छ। एमालेकै आग्रहमा आजको संसद स्थगित गरिएको बताइएको छ ।

हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका थिए । सो भेट सामान्य शिष्टाचार भेट मात्र भएको उनले बताएका छन् ।

  • २२ पुष २०७८, बिहीबार १०:१२ प्रकाशित