पुम्दिकोटमा माघ ८ देखि शिवमहापुराण महायज्ञ लाग्ने

केन्द्रभाग मिडिया

पोखरा ।
आगामी माघ ८ देखि कास्कीको पुम्दिकोटमा शिवमहापुराण महायज्ञ हुने भएको छ । पुम्दिकोट कोट विकास समितिले बुधवार पोखरामा पत्रकार सम्मेलन गरि महायज्ञवारे जानकारी दिएको हो ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालले माघ ८ देखी १८ गतेसम्म शिवमहापुराण महायज्ञ संचालन गर्न लागिएको जानकारी दिए । महायज्ञका लागि १ हजार ८ सदस्यीय मुल समिति गठन भई ३८ उपसमितिहरु गठनभइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । भागवत मास्कर कमल नयन गौतले महापुरण वाचन गर्ने छन् ।

५१ फिट उचाइएको विशाल विशाल मुर्ती लगायतका संरचना निर्माण गर्ने उदेश्य सहित २०७३ सालमा पुम्दिकोटमा महायज्ञ संचालन भएको थियो । निर्माणको काम भइरहदाँ थप आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागिएको समितिले जनाएको छ ।

पुम्दिकोटमा ५१ फिटको महादेवको मुर्ती, ३१ फिटको विशाल डम्मरु, १०८ घारा जडित महादेवको विशाल क्षेत्र कुण्ड, २१६ शिवलिंग स्थापना, १०८ स्वर्गद्धारी सिढी निर्माण, सौचालय सहितको प्रशासकिय भवन लगायतका संरचना निर्माण सम्पन्न भएका छन् ।

२० करोड लागतमा सम्पन्न गर्ने योजना रहे पनि पछि कार्ययोजना संसोधन भइ सुमेरु पर्बत, गणेश परिक्रमा मनोरेल लायतका कार्यक्रम थप हुदा लागत ४० करोड पुगेको समितिले जनाएको छ । हालसम्म २० कारोड रुपैया खर्च भइसकेको छ भने, ३ कारोड ७५ लाख भुक्तानी गर्न वाकीँ रहेको अध्यक्ष बरालले जानकारी दिए ।

पुम्दिीकोट क्षेत्रलाई भूमेश्वर कैलाश धामका रुपमा स्थापित गर्ने उदेश्यका साथ उक्त क्षेत्रमा थप संरचना निर्माण गर्न लागिएको बताइएको छ । सुमेरु पर्वत नामाकरण गरि कुमार पार्वतीको मूर्ती स्थापा, भूमेस्वर महोदव देखी सुमेरु पर्वतसम्म महुचको लागि विधुतीय चियरकार निर्माण, ग्रिनरी पार्क, पाकिङ् स्थल निर्माण गरिने छ । उक्त कार्यको लागि आर्थिक स्रोत संकलन गर्न महायज्ञ आयोजना गरिएको अध्यक्ष बरालले जानकारी दिए ।

  • २१ पुष २०७८, बुधबार १७:३२ प्रकाशित