चर्चित अपराधी चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’मा

केन्द्रभाग मिडिया

कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दाको पेसी हेर्न नमिल्नेमा परेको छ ।

बन्दी प्रत्यक्षीकरणको मुद्धाको सुनुवाईका लागि पेसी तोकिए पनि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो । शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए ।

यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । ७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ ।

शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

उनलाई शृङ्खलाबद्ध हत्यामा जन्मकैदको सजाय भएको छ ।

  • २१ पुष २०७८, बुधबार १३:४० प्रकाशित