एमालेको आग्रहमा संसद् बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

पुस २२ गते का लागि पूर्वनिर्धारित प्रतिनिधिसभा बैठक स्थगित भएको छ । नेकपामा एमालेको आग्रहमा भोली बस्ने भनिएको बैठक स्थगित भएको बताइएको छ। पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ । एमालेको केही जिल्लामा अधिवेशन गर्न बाँकी रहेकाले केही समयका लागि बैठक स्थगित गर्न संसद् सचिवालयलाई आग्रह गरेको बताइएको छ। सोही वमोजिम बैठक स्थगित भएको जनाइएको छ

पुस १८ गतेका लागि बोलाइएको बैठक माओवादी केन्द्रले महाधिवेशनका कारण स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि डाकिएको थियो ।

  • २१ पुष २०७८, बुधबार १३:२९ प्रकाशित