प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो साढे १ बजे बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमण लगायतका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत जाने कार्यक्रम तय भएको छ ।

पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

  • २१ पुष २०७८, बुधबार ११:३२ प्रकाशित