महोत्तरी काँग्रेसले सुर गर्‍यो भोक हडताल

केन्द्रभाग मिडिया

महोत्तरी

नेपाली काँग्रेस महोत्तरीले आजदेखी भोक हडताल सुरु गरेको छ ।

२७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै महोेत्तरी काँग्रेसले हड्ताल सुरु गरेको हो । महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाएको छ ।

क्रियाशील सदस्य र अधिवेशनमा सहभागी हुनेहरुलाई पाखा लगाई जिल्ला अधिवेशनको मिति तोक्नु सुनियोजित षड्यन्त्रपूर्ण रहेको उनीहरुको आरोप छ ।

महोत्तरी काँग्रेसले मंगलबार केन्द्रलाई ध्यानाकर्षण पत्रसमेत पठाएको जनाएको छ ।

  • २१ पुष २०७८, बुधबार १०:२२ प्रकाशित