शेखर कोइराला पक्षको बैठक आज पनिः यस्ता छन् छलफलका विषय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् ।

कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल र १४ औं महाधिवेशनको समीक्षा हुने भएको छ ।

दिउँसो २ बजे बैठक बस्ने पुष्टि भए पनि स्थान भने निश्चित भएको छैन। १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुलाई बैठकमा बोलाइएको छ ।

कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो ।

  • २१ पुष २०७८, बुधबार ०९:५६ प्रकाशित