भारत भ्रमणमा जादैँ देउवाः यस्तो छ कार्यतालिका

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ।देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री देउवाले सीमा समस्याको समाधान, दुईपक्षीय हितका अन्य विषय र पारवहन थप सहज बनाउने विषय उठाउने बताइएको छ ।

यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जान लागेका प्रधानमन्त्री देउवाले त्यहाँ उठाउने एजेण्डाको गृहकार्यमा सरकारका मन्त्रालयहरू जुटिरहेका छन् ।

  • २१ पुष २०७८, बुधबार ०९:२९ प्रकाशित