यि स्थानमा आज हिमपात र वर्षाको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका अधिकंश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहने छ ।

सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति देशभर सामान्य बदली रहने छ । सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

  • २१ पुष २०७८, बुधबार ०६:३५ प्रकाशित