राप्रपा अध्यक्ष लिङ्देनले गरे ३१ केन्द्रीय सदस्य मनोनित, को-को परे ? (नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन्।मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन्।

राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको लिङ्देनको सचिवालयले जनाएको छ। गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित भएका थिए।

दोस्रो चरणमा पदाधिकारीहरू मनोनयन गर्ने कार्यक्रम रहेको बताइएको छ।

  • २० पुष २०७८, मंगलवार १५:०८ प्रकाशित