न्यू इयरको दिन विमानको शौचालयभित्रको डस्टबिनमा भेटियो नवजात शिशु

केन्द्रभाग मिडिया

एजेन्सी ।

न्यु इयरको दिन(जनवरी १) तारिखको दिन एक विमानको शौचालयभित्र नवजात शिशु फेला परेको छ ।

एअर मरिशशको विमानभित्र भर्खर जन्मिएको जीवित शिशु फेला परेकोे बीबीसी नेपालीले बताएको छ । विमानका कर्मचारीले विमानको नियमित जाँच गर्ने समयमा विमानको शौचालयमा राखिएको फोहोर फाल्ने भाँडोमा शिशु फेला पारेका थिए । उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्‍याएको बताइएको छ ।

म्याडग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सो विमानमा सवार २० वर्षीया युवतीलाई पक्राउ गरिएको छ । सो बच्चा उनले नै जन्माएर त्यसरी फालेको आशङ्कामा उनलाई पक्राउ गरिएको हो ।

उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन्। चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भयो।

अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ।उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश आइपुगेकी मालागासी महिलासँग अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ ।

उनीविरुद्ध नवजात शिशुलाई बेवारिसे अवस्थामा छाडेको आरोप छ।

  • २० पुष २०७८, मंगलवार १३:२९ प्रकाशित