आज कुन देशको मुद्राको दर कति? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्रबैंकले आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्री दर १८ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्री दर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ ।

  • २० पुष २०७८, मंगलवार १०:१७ प्रकाशित