सुदूरपश्चिम प्रदेश मन्त्रीका छोरा सवारी ज्यान मुद्दामा पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ परेका छन् । मन्त्री सोडारीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९५ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उपचारको क्रममा बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा पुस ११ मा उनको मृत्यु भएको थियो ।

घाइतेको मृत्युपछि उनि सम्पर्क बिहिन भएका थिए ।

  • २० पुष २०७८, मंगलवार ०९:१९ प्रकाशित