राष्ट्रियसभा उम्मेदवार बन्न धमाधम समानुपातिक सूचीबाट नाम हटाउँदै नेता

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभा निर्वाचनको नजिकिएसँगै उम्मेदवार बन्नका लागि नेताहरुले धमाधम समानुपातिक सूचीबाट नाम हटाउन थालेका छन् ।

निर्वाचनका लागि उम्मेदवारी दिने समय नजिकिएसँगै राजनीतिक दलहरुले यतिबेला उम्मेदवार छान्न सुरु गरेका छन् । उम्मेदवार छनोटमा पर्नका लागि यसअघि समानुपातिक सुचीमा ना राखेकाहरु नेताहरुले आफ्नो सूचीबाट हटाउन थालेका हुन् ।

निर्वाचन आयोग स्रोतका अनुसार माओवादी केन्द्रका नेता नारायण दाहाल, जनता समाजवादी पार्टीका नवराज सुवेदी र राष्ट्रिय जनमोर्चाका नेता राजेश विश्वकर्माले समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएका छन् ।

सुवेदी, विश्वकर्मा र दाहालले भने सोमबार मात्रै निर्वाचन आयोगमा नाम फिर्ता लिन निवेदन दिएका छन् । उनीहरुको नाम समानुपातिकबाट हटाएपछि मात्रै उम्मेदवार बन्न पाउने कानूनी बाध्यता छ । माओवादीका अर्का नेता मुक्तिनारायण प्रधानको नाम भने यसअघि नै समानुपातिक सूचीबाट हटिसकेको छ ।

  • १९ पुष २०७८, सोमबार १६:२८ प्रकाशित