माओवादी महासचिव : जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

माओवादी महासचिवमा ब्यालेन्स गर्न नसकेपछि यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई अघि सारेका छन् । यसअघि चार जनाको नाम चर्चामा रहे पनि अन्तिममा प्रचण्डले गुरुङलाई पनि महासचिवको होडमा इन्ट्री गराएका छन् ।

गुरुङको इन्ट्रीसँगै महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ। महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो ।

प्रचण्डले देव गुरुङलाई महासचिव अघि सारेसँगै शर्माले आफू कुनै पनि हालतमा चुनाव लडेर भएपनि महासचिव बनिछाड्ने बताउँदै आएको बताइएको छ ।

उनले आफ्नो नाममा सहमति नभए चुनावी प्रक्रियामा जान समेत तयार रहेको बताएका छन् । महासचिवमा अन्तिम समयसम्म सहमति बन्न नसकेको खण्डमा माहोल चुनावतिर जाने अवस्था बनेको छ ।

माओवादीको महासचिवमा नेताहरु वर्षमान पुन, जनार्दन शर्माबाहेक कृष्ण बहादुर महरा, पम्फा भुसाललगायतले पनि दावी गर्दै आएका थिए ।

  • १९ पुष २०७८, सोमबार १६:०० प्रकाशित