विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सम्झौताः कर्मचारी र कार्गो नेपाल एयरलाइन्सले बोक्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरणको कार्गो ९मालसामान० नेपाल वायुसेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौता भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो ९सामान ढुवानी० गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरे । मन्त्री आलेले भने, ‘हामीले प्राधिकरण मात्रै नभएर प्राइभेट सेक्टरमा रहेका व्यापारी, उद्योगीहरुको सरसामान ओहोरदोहोर गर्दा पनि हामीले नै पाउनेछौं । यो एउटा प्रशंसनीय काम भएको छ ।’

कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्विकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए । यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौंतामा उल्लेखित गरिएका कुराहरुलाई अक्षरसस् पालना गर्ने प्रतिवद्धता व्यक्त गरे ।सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसाग गरिएको सो सम्झौंताले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

  • १९ पुष २०७८, सोमबार १४:३१ प्रकाशित