अर्घाखाँचीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेस प्रवेश, गगनले गरे स्वागत

केन्द्रभाग मिडिया

बुटवल ।
अर्घाखाँची पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् ।

नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराईएको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वागत गरे ।

पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायतका नेताहरु कार्यक्रममा सहभागी छन् ।

नेकपा एमालेबाट ०७४ सालको स्थानीय निर्वाचनमार्फत गौतम पाणिनी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । पछि एमाले फुटेर एकीकृत समाजवादी गठन हुँदा उनी माधव नेपाल समूहसँगै सो पार्टीमा लागेकी थिइन् । उनी एकीकृत समाजवादीकी अर्घाखाँची जिल्ला सह(ईञ्चार्जको जिम्मेवारीमा थिइन् ।

  • १९ पुष २०७८, सोमबार १३:५२ प्रकाशित