नेकपा एसका पोलिटव्यूरो सदस्य यदुवंश झा एमाले फर्किए

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले पुनः पार्टीमा प्रवेश गराएका हुन् ।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जीव कुमार झाले भूमिका खेलेका थिए ।

झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए ।

  • १९ पुष २०७८, सोमबार १२:२७ प्रकाशित