गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, १९ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १ संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका ७ की ७१ वर्षीय कोरोना संक्रमित वृद्धा महिलाको उपचारको क्रममा ज्यान गएको हो । उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा १९ जनामा संक्रमण पुष्टि भएको छ भने १४ जना निको भएका छन् । निर्देशनालयको अनुसार १९१ जनामा परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा कास्कीका १६, स्याङ्जाका १ र नवपरासी पूर्वका २ जना रहेका छन् ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ८९३ रहेको छ ।
प्रदेशमा हालसम्म ३ लाख ५६ हजार ४०८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १३२ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये ११७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • १८ पुष २०७८, आईतवार १६:४७ प्रकाशित