अब जागिरे मात्र होइन, स्वरोजगारमा केन्द्रीत हुनुपर्छ : मन्त्री थापा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले स्वरोजगारमा केन्द्रीत हुनुपर्ने बताएका छन् । देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै थापाले अपरेटर जागिरे मात्र नभई स्वरोजगारमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

हेभी इक्युमेन्ट अपरेटर संघ पोखराको पाँचौं साधारण सभा तथा अधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।विकास निर्माणमा अपरेटरहरुको भूमिका उल्लेखनीय रहेको बताउँदै उनले अपरेटरहरु अब जागिरमा मात्र सिमित नरही स्वरोजगारमा समेत केन्द्रीत हुनुपर्ने धारणा राखे ।

‘राष्ट्र निर्माणमा अपरेटरहरुको भूमिका महत्वपूर्ण छ । अपरेटरहरु विना भौतिक विकास सम्भव छैन । तपाईहरुलाई परेका समस्यालाई सम्बोधन गर्ने नीति बनाउनेछौं । अब तपाईहरु जागिरे मात्रै नभई स्वरोजगार तर्फ पनि केन्द्रीत हुनुपर्छ ।’, उनले भने

मन्त्री थापाले निर्माण व्यवसायी र अपरेटरहरु बीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए। निर्माण व्यवसायीहरुको लगानीलाई सुरक्षीत राख्ने जिम्मेवारी अपरेटहरुको काँधमा भएकाले अपरेटहरुले पनि लगानी कर्ताको मनोभावनालाई बुझ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

छोटो समयमा हेभी इक्युपमेन्ट अपरेटर संघ पोखराले प्रशंसनिय काम गरेको उल्लेख गर्दै मन्त्री थापाले अपरेटहरुको समस्यामा प्रदेश सरकार साथमा रहेको बताए ।

गण्डकी प्रदेश सरकारले पनि विकास निर्माणका कार्यमा तिव्रता दिँदै गएको र त्यसलाई सफल पार्ने जिम्मेबारी हेभी इक्युमेन्ट अपरेटरहरुको भएको भनाई उनको छ । ‘पहिलो चौमासिक पश्चात प्रदेश सरकार विकासका गतिविधिमा अगाडि बढेको छ । समयमै सम्पन्न गर्न मेसिन र अपरेटहरुको खाँचो उत्तिकै बढ्छ । देशलाई समृद्धि बनाउने जिम्मेबारीमा अपरेटहरु पनि हुनुहुन्छ । त्यसैले सबै मिलेर काम गरौं ।’, उनले भने

हेभी इक्युमेन्ट अपरेटरहरुलाई लाइसेन्स सहजै उपलब्ध गराउने प्रक्रियामा गण्डकी सरकार सकरात्मक रहेको उनले बताए । ट्रायलमा देखिएका समस्यालाई समाधान गर्दै व्यवस्थित गरिने भनाई उनको छ । हेभी इक्युमेन्ट अपरेटर मैत्री नीति निर्माणमा समेत प्रदेश सरकारले ध्यान पुर्याउने मन्त्री थापाले बताए ।

आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएकाले श्रमिक र मजदुर सबैका समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै नीति निर्माणमा सहजता अप्नाउने अभिव्यक्ति मन्त्री थापाको छ ।

  • १८ पुष २०७८, आईतवार १६:२२ प्रकाशित