राष्ट्रिय सभा निर्वाचनः एमाले गण्डकीबाट को-को भए सिफारिस ? (नामावलीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

माघ ४ मा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवार छनोट गरेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

राष्ट्रियसभा सदस्यको चुनावका लागि गण्डकीबाट ३ ‘कलस्टर’ मा ९ जनाको नाम एमालेमा सिफारिस भएको हो । एमाले प्रदेशले दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियार सिफारिस भएकी छन् ।

महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ, गोरखाकी सम्झना देवकोटा र नवलपुरी लीला थारु थन्नेत सिफारिस भएकी छन् । खुलाका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका लीलाबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता गराउनुपर्नेछ । गण्डकीबाट ३ जना निर्वाचित हुनेछन् ।

  • १८ पुष २०७८, आईतवार १५:५८ प्रकाशित