माओवादीको निर्वाचन तालिका फेरि हेरफेर

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेबाट निर्वाचन कार्यक्रम गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो । जसअनुसार सोमबार मतदान हुनेछ ।​

  • १८ पुष २०७८, आईतवार १५:२१ प्रकाशित