रेबानलाई खसी, ट्याक्सिलाई बोका

केन्द्रभाग मिडिया

पोखरा ।

रेबान पोखराले खसी पुरस्कार जित्दा पोखरेली ट्याक्सि सेवा प्रालीले बोकामा चित्त बुझाएको छ ।

रेबान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत अन्तर पर्यटन संघ सङ्स्था भलिवल प्रतियोगितामा प्रथम हुँदै आयोजक रेबानले खसी जितेको हो ।

प्रतियोगितामा दोश्रो स्थान हासिल गरेको ट्याक्सिले बोका उठायो । हिजो(शनिबार) भएको फाइनलमा रेबानले २५–१६ र २५–२१ को सोझो सेटमा जित हासिल गरेको हो ।

रेबानको टोलिबाट रेबान पुर्वाध्य गोपि भट्टराई, बलराम पहारी, सुर्य भुजेल, तथा कार्यसमितिका भिस्मराज पौडेल, बैभव पौडेल, बिष्णु बानिया, लोक गुरुङ मैदान उत्रिएका थिए । टिम कोचमा निवर्तमान अध्यक्ष भिमसेन भुजेल रहेका थिए ।।

प्रतियोगिताका बिजेता उप– बिजेता टोलिलाई पोखरा महानगर वडा ६ का वडाध्यले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा विभिन्न ११ टिमको सहभागिता रहेको थियो ।

  • १८ पुष २०७८, आईतवार १५:११ प्रकाशित