करेन्ट चाउचाउको कार्टुनमा लुकाएर ल्याएको ५० लाखसहित सौर्य एयरलाइन्सकी असिस्टेन्ट पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन् । काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रेखा शाक्य पोखरेल त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी हुन् ।

शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत नखुलेको रकम आएको बारे सूचना आएपछि सादा पोसाकमा खटिएको प्रहरीले चेकजाँच गर्दा १ हजार दरका ४९५० वटा र ५०० दरका १०० वटा गरी जम्मा ५० लाख नगद बरामद भएको थियो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई प्राप्त भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा रातो रंगको ब्याग चेकजाँच गर्दा उक्त ब्याग भित्र लुकाई छिपाई राखेको नगद बरामद भएको थियो ।

झोलाभित्र करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्रको सो रकम भन्सार उद्‍घोष भएको नपाइएको प्रहरीको भनाइ छ ।

  • १८ पुष २०७८, आईतवार १३:१० प्रकाशित