आज एक–दुई स्थानमा हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

आइतबार देशभर आंशिक बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि देशभर आंशिक बदलीको रहने छ। मंगलबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

  • १८ पुष २०७८, आईतवार ०८:४३ प्रकाशित