मनाङ लिगको शिर्ष स्थानमा उक्लीयो

केन्द्रभाग मिडिया

पोखरा ।
मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ । कप्तान अञ्जन विष्टको निर्णायक गोलमा घरेलु मैदानमा मनाङले दोस्रो जित निकालेको हो ।

पोखरा रंगशालामा भएको पहिलो खेलमा पुलीसलाई पराजीत गरेको मनाङले शनिबार दोस्रो जित निकाल्द्रै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

मनाङको जितमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । त्यसअघि ब्रिगेडले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । १६औं मिनेटमा मनाङका आदित्य चौधरीले शिशिर लेखीलाई फाउल गरेपछि ब्रिगेडले पेनाल्टी पाएको थियो । तर शिशिरले प्रहार गरेको पेनाल्टी आउट भयो।

जितपछि मनाङ ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको मछिन्द्र १४ अंकसहित दोस्रो स्थानमा छ । यस जितले मनाङको एएफसी कप छनोट खेल्ने सम्भावना कायम रहेको छ ।

  • १७ पुष २०७८, शनिबार १७:३२ प्रकाशित