सहकारी नीति, विधि र प्रविधिसंग जोडिनुपर्छ : भट्टराई

केन्द्रभाग मिडिया

पोखरा ।

निवर्तमान प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले सहकारी नीति, विधि र प्रविधिसंग सञ्चालन हुनुपर्ने बताए । सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ घारीपाटनको १५ औं साधारण सभाको आज उद्घाटन गर्दै उनले सहकारीको माध्येमबाट रोजगारी सिर्जना गर्दै गरिवी निवारणमा जोडदिनु पर्ने आवश्यकता औल्याए ।

सार्वजनिक, नीजि र सहकारीमार्पmत मुलुकको समृद्धि र लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सहकारी संस्थाहरु संगठित भएर उत्पादनसंग जोडिनुको विकल्प नभएको बताए । सहकारीमा युवा शक्तिको सकृयता अपरिहार्य भएको उल्लेख गर्दै उनले सहकारी संञ्चालनमा देखिएका समस्या समाधानका लागि आप्mनोतर्पmवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेप्सुन केन्द्रीय सञ्चालक कमला गिरीले सहकारी विभागद्धारा जारी ३५ बँुदे निर्देशनको पूर्णरुपमा पालना गरेर सहकारी सञ्चालन हुनु पर्नेमा जोड दिंदंै उहाँले कोकोमिसमा आवद्ध हुन सहकारीहरुलाई आग्रह गरिन् ।

पोखरा महानगरपालिका वडा नं.१७ का वडाअध्यक्ष राधिका शाही योगीले सहकारी बीच समन्वय र सहकार्य गर्दै आवश्यकता एवम् सम्भाव्यताका आधारमा उत्पादनसंग जोडिनु पर्ने बताइन् । कार्यक्रममा शेयर सदस्य तथा एकाघरका परिवारका जेष्ठनागरिक, विभिन्न विधामा सर्वोत्तकृष्ट विद्यार्थी र विश्वव्यापीरुपमा पैmलिएको कोभिड १९ संक्रमणलाई जित्न सफल तथा उत्कृष्ठ वचतकर्ता र कारोवारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

संस्थाले शेयर सदस्यलाई उत्पादनसंग जोडिन र कृषिमा आवद्ध गराउने उदेश्यका साथ प्रत्येक शेयर सदस्यलाई ३५० वटा कागतीका विरुवा वितरण गरिएको थियो । रोपीएका कागतीका विरुवाको अवस्था बुझेर प्रतिवेदन पेश गर्नका लागि अनुगम गरिने संस्थाका सचिव गणेश श्रेष्ठले जानकारी दिए ।

 

  • १० आश्विन २०७९, सोमबार २१:५६ प्रकाशित