अदालतका २६४ कर्मचारीको सरुवा

केन्द्र खबर

काठमाडौँ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाशमा जानुअघि ठूलो संख्यामा कर्मचारी सरुवा गरेका छन्।

आइतबारबाट अवकाश भएका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन्।

सरुवा हुनेमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारी छन्।

१८४ जना नायव सुब्बाको सरुवा गरिएको छ। अन्य सरुवा हुने कर्मचारीमा कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी छन्।

  • १० आश्विन २०७९, सोमबार १५:२८ प्रकाशित