पाईप चोरी गर्ने व्यक्ती नेपाली कांग्रेसको कार्यकर्ता भनि प्रचार गरिएको प्रति मादी कांग्रेसको आपत्ती

केन्द्रभाग मिडिया

पोखरा ।
थाक खानेपानी आयोजनाको पाइप चोरी गर्ने व्यक्ती नेपाली कांग्रेसमा आवद्ध भएको भनि गरिएको भ्रामक प्रचार प्रति नेपाली कांग्रेस मादी गाउँपालिका कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गदैं कांग्रेस मादीले चोरी गर्ने व्यक्ती कांग्रेबाट निर्वाचित सदस्य रहेको भनि गरिएको प्रचार भ्रामात्मक रहेको बताएको छ ।

चोरीको आरोप लागेका व्यक्ती कांग्रेसको साधारण सदस्य समेत नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मादी गाउँपालिका वडानम्बर ७ मा थाक खानेपानीको पाईप चोरी गरीएको व्यक्ती मादी गाउँपालिका वडानम्बर १ को निर्वाचित वडासदस्य नेपाली कांडग्रेससंग आवद्ध नभएको पनि मादी कांग्रेसले विज्ञप्तीमा उल्लेख गरेको छ ।

साथै विज्ञप्तीमा सम्बन्धीत निकायले लापरबाही गदै आएको र स्थानीयले पनि पाइप्हरु घरयासी प्रयोजनको लागि प्रयोग गरेको देखिएकोले राज्यको सम्पतीको दोहन गर्ने जो कोहीलाई उचित छानबिन गरी दोषी उपर कानुनी कारवाही गर्न जोडदार माग गरिएको छ ।

  • १० आश्विन २०७९, सोमबार १५:०८ प्रकाशित