चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले बनायो योजना

केन्द्र खबर

पोखरा ।
ट्राफिक प्रहरीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनिकरण योजना(२०७९ सार्वजनिक गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्कीले ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त गराई चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना न्यूनिकरण गर्दै नागरिकलाई सुरक्षित राख्नु योजनाको मुख्य लक्ष्य रहेको जनाएको छ ।

योजना अन्तर्गत ३६० प्रहरी परिचालन हुने प्रहरी नायव उपरिक्षक इन्द्र सुवेदीले जानकारी दिए । प्रहरीले स्थायी डिउटी, नियमित चेकिङ, यात्रु सहायता कक्ष, मोवाईल गस्ति, मापसे चेकिङ, क्युआरटी परिचालन, राजमार्ग गस्ति र विप उद्धार टोलीलाई सक्रिय बनाउने सुवेदीले बताए ।

  • १० आश्विन २०७९, सोमबार १४:४३ प्रकाशित