पोखरा ।
कास्कीको मादी गाउँपालिका वडानम्बर १ का वडासदस्य खरजग गुरुङ चोरीको आरोपमा पक्राउ परेका छन् । थाक खानेपानी आयोजनाको पाइप चोरी गदै गर्दाको अवस्थामा गुरुङ सहित चार जनालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । पक्राउ पर्नेमा वडासदस्य गुरुङ, रमेश गुरुङ निरज तामाङ, र रिदम भन्ने सुनिल परियार छन् ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते राति १२ बजे पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कास्कीका तिवारीले बताए । प्रहरीले चोरी भएको करिब १४ लाख बराबरको पाइप पनि बरामद गरेको छ ।
बिहान ५ बजेको सयममा मादी गाउँपालिका– ७ को काउरेडाँडा स्थिति सडक छेउमा रहेको खानेपानीको पाईप चोरी गरी लैजादै गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले चोरी १ त ५१३७ नम्बरको ट्याक्टर पनि नियन्त्रणमा लिएको छ ।
उनीहरुविरुद्ध चोरी तथा डाँका मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस पहिले पनि थाक खानेपानी आयोजनाका पाई चोरी भएको पाइएको छ । ४० वर्ष पुरानो यो आयोजना अहिले अलपत्र अवस्थामा छ ।