राष्ट्रपति र सभामुखविरुद्धको मुद्दा फुँयालको इजलासमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नागरिकता विधेयकसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो।

अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो। आज पाँचवटै मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा तोकिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका छन्।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्धको रिटको मुद्दा पनि फुँयालको इजलासमै तोकिएको छ। प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सभामुख र उपसभामुखको पद पनि रिक्त गराउन माग गरिएको छ।

  • ९ आश्विन २०७९, आईतवार ११:३५ प्रकाशित