राधालक्ष्मी साहित्य पुरस्कारबाट माधव वियोगी सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले एक कार्यक्रमको आयोजना गरि माधव वियोगीलाई राधालक्ष्मी साहित्य पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा २२९ औं शुभप्रभात काव्यमालाको साथमा नेपालीहरुका महान पर्वहरु दशैं , तिहार , छठ तथा ११४३ औं नेपाल सम्वत् को शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्जीले हेमजा रमाइलो ठाउँ भएको बताउदै पुरस्कार ठुलो सानो नहुने उल्लेख गरे । उनले राम्रा कुराको अनुकरण गर्नु नै ब्यक्तिको सम्मान भएको बताए ।

कार्यक्रममा पोखरा २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिना, राधालक्ष्मी साहित्य पुरस्कारका संरक्षक केशवशरण पौडेल, सम्मानित ब्यक्ति माधव वियोगी, लगाएतले बोलेका थिए । कार्यक्रममा संरक्षक माधबशरण पौडेल र आर्या त्रिपाठीले कविता वाचन गरेका थिए ।

सहसचिव शिव त्रिपाठीले स्वागत कविता बाचन गरिएको कार्यक्रममा कृष्णप्रसाद पौडेलले कार्यक्रम बारे प्रकाश पारेका थिए ।

प्रतिष्ठान नेपालका अध्यक्ष छन्दमणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बलराम पौडेलले र सञ्चालन सचिव सुनिल गायकले गरेका थिए ।

  • ८ आश्विन २०७९, शनिबार १९:५३ प्रकाशित