निर्वाचन अधिकृतहरूलाई आयोगले दियो यस्तो निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गर्दै निर्वाचन अधिकृतहरुलाई विभिन्न आदेश दिएको छ ।

आयोगले असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न ७७ वटै जिल्लाका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । यसअघि आयोगले सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो ।

साथै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउन भन्दै कार्यालय स्थापना गरेपछि आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछोड्न भनेको छ ।

  • ७ आश्विन २०७९, शुक्रबार १६:५१ प्रकाशित