ट्रयाक्टरले किचेर ५ वर्षीय बालकको मृत्यु

केन्द्रभाग मिडिया

dead

वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशीलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ना ३ त १४३६ नम्बरको ट्रयाक्टरमा सवार सुशील ट्रयाक्टरबाट सडकमा खसेका थिए । त्यसपछि सोही ट्रयाक्टरको चक्काले किचेर उनी गम्भिर घाइते भए ।

घाइते बालकको उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटनापछि ट्रयाक्टर चालक वीरगञ्ज– २१ का २८ वर्षीय सुनिल यादव फरार भएका छन् ।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • ७ आश्विन २०७९, शुक्रबार १६:३३ प्रकाशित