परराष्ट्रमन्त्री खड्का र युरोपेली संसदीय प्रतनिधि मण्डलबीच भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालको दुई दिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतनिधिमिण्डलको टोलीले परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट गरेको छ । बिहीबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलको टोलीले शुक्रबार बिहान मन्त्रालयमा डा। खड्कासँग भेट गरेको हो ।

भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको छ । पर्यावरण, जलवायु परिवर्तन तथा नविकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोली नेपालको संवधिान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका वषियमा जानकारी लिन र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न नेपाल भ्रमणमा आएको हो । युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रयिाबाट रेग्नर नेतृत्वमा जर्मनीबाट उलरकी मुलर, म्याक्समिलियिन केराह र चेक रपिब्लिकाबाट टमस जेचोभस्की छन् ।

  • ७ आश्विन २०७९, शुक्रबार १६:३२ प्रकाशित