राष्ट्रपति विरुद्धका रिटमा आज सुनुवाइ भएन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्राथमिकता क्रममा नपरेका कारण नागरिकता प्रमाणीकरण सम्बन्धी विवादमा परेका रिट निवेदनमाथि शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।

न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा नागरिकताको प्रमाणीकरणका विवादसम्बन्धी मुद्दा पेशीमा थिए ।तर यी निवेदनमा शुक्रवार सुनुवाइ हुन सकेन । यी निवेदन सुनुवाइका लागि कहिले पालो आउँछ भनेर सर्वोच्च अदालतले पेशी तोकेको छैन ।

संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि असन्तुष्टि छल्किएको छ । राष्ट्रपतिले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरेकी थिइनन् ।

उनले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै उनीविरुद्ध पाँच फरक रिट निवेदनहरु दर्ता भएका थिए ।

  • ७ आश्विन २०७९, शुक्रबार १६:३० प्रकाशित