शेखर समूहले छुट्टै भेला आयोजना गर्दै

केन्द्र खबर

काठमाडौं ।

नेपाली कांग्रेसमा शेखर कोइराला पक्षीय नेता कार्यकर्ताले खबरदारी भेला गर्ने भएको छ । पार्टीभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै शेखर समुहले आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको हो।

समान न्याय र समानताका लागि खबरदारी भेलाका नाममा देशभरका आफू पक्षीय कार्यकर्ताको भेला आयोजना गर्ने भएको हो ।आज बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितको भेलाले भोलि देशभरका नेता कार्यकर्ता सम्मिलित भेला गर्ने निर्णय गरेको छ ।

अहिले पार्टीभित्र टिकट बाँडफाँटको छलफल चलिरहेका बेला आफू पक्षीय नेताहरूलाई टिकट दिलाउन शेखर पक्षले निरन्तर दबाब दिइरहेको छ । यो भेलालाई पनि सोही नजरबाट हेरिएको छ ।

शेखर पक्षले महाधिवेशनमा ४० प्रतिशत भन्दा बढी मत पाएको भन्दै पार्टीमा ४० प्रतिशत भागबण्डा आफ्नो पक्षले पाउनुपर्ने भन्दै माग दाबी गर्दै आएको छ ।

  • ७ आश्विन २०७९, शुक्रबार १६:१७ प्रकाशित